नेपाल टेलिकमको पोष्टपेड प्रयोगकर्ताले कतारबाट नेपाल फोन गर्दा सस्तो पर्ने

नेपाल : अब कतार गएको बेला पहिलेभन्दा सस्तो रोमिङ दरमा नेपालमा कल गर्न सकिने भएको छ । नेपाल टेलिकम र ओरिडु कतारबीच भएको सम्झौतासँगै नेपाल टेलिकमका जीएसएम पोस्टपेड मोबाइल प्रयोगकर्ताले कतारमा गएको समयमा पहिलेभन्दा सस्तो दरमा नेपालमा कल गर्नसक्ने भएका हुन् ।

नेपाल टेलिकम र ओरिडु कतारबीच सहुलियत दरमा रोमिङ सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो । गत मंसिर ३० गते कतारमा सम्पन्न उक्त सम्झौतामा नेपाल टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज उपाध्याय र ओरिडु कतारका तर्फबाट एक्टिङ सीईओ आजिएस खालिद अल मन्सुरीले हस्ताक्षर गरेका छन् ।

यो सेवा जनवरीदेखि लागू हुने टेलिकमले जनाएको छ । योभन्दा पहिले सन् २००६ अक्टोबर १२ मा पनि नेपाल टेलिकम र ओरिडु कतारबीच अन्तर्राष्ट्रिय रोमिङ सेवासम्बन्धी सम्झौता भएको थियो । हाल सोही सम्झौताको महसुल दरलाई परिमार्जन गरिएको टेलिकमले जनाएको छ । – अन्नपूर्ण पोस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button