अवस्था बिग्रिए प्रतिवन्ध फेरी लाग्ने : स्वास्थ्य मन्त्रालय

केही मुख्य संकेतको आधारमा कोभीड-१९ को प्रतिवन्ध चरणबद्द रुपमा हटाउन लागि परेको कतारले त्यसमध्ये कुनै संकेतमा असर पुगे अर्को योजना सुरु गर्न ढिलाई हुने वा पुन थप प्रतिबन्ध हुन सक्ने स्वास्थ्य मन्त्रालयका प्रमुख शेख डाक्टर मोहम्मद अल थानीले सावधान गर्नुभएको छ ।
गएको बिहिवार स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा बोल्दै डाक्टर अल थानीले प्रतिवन्ध हटाउँँदै लान चालिने अर्को चरण सुरु गर्न कतारी नागरिक तथा आप्रवासी सबैको प्रमुख भुमिका रहेको दोहोर्याउनु भएको छ ।
“हामी दैनिक भाइरस संक्रमण कम गर्न र यस बाट हुने मृत्युदर विश्वकै सबैभन्दा तल राख्न सफल भैरहेका छौ तर त्यसको मतलब भाइस सकिएको भने पक्कै होइन”, डाक्टर अल थानीले बताउनु भयो। तसर्थ सकेसम्म घर बाट बाहिर ननिस्कन,निस्किनै परेपनि अनिवार्य मास्कको प्रयोग गर्न,सामाजिक दुरि कायम गर्न एह्तेराज एपको प्रयोग गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।