बिज्ञापन

कतारमा फ्रान्सेली सामानलाई बहिष्कार

फ्रान्स र विश्व मुस्लिम समुदाय बीच उत्पन्न तनावले सुरु भएको सामान बहिष्कारको आन्दोलनको समर्थन गर्दै कतारको अल मीराले आफ्नो सबै स्टोरहरू बाट फ्रान्सेली उत्पादनका सामान हटाएको छ ।

कतारको प्रमुख अल मीरा सुपरमार्केटले फ्रेन्च उत्पादनका समान आफ्नो सम्पूर्ण स्टोर बाट हटाएको सूचना हिजो जारी गरेको छ ।

“हामी यस कुराको पुष्टि गर्दछौं कि एक राष्ट्रिय कम्पनीका नाताले हामी हाम्रो धर्म, पहिचान र परम्परासँग सुहाउँदो कार्यका साथ देशको सेवा गर्न र हाम्रा ग्राहकहरूको आकांक्षालाई पूरा गर्ने खालका दृष्टिअनुरूप काम गर्दछौं,” अल मीराले आफ्नो विज्ञप्तिमा भनेको छ ।

अल मिरा संगै कतार युनिभर्सिटीले आयोजना हुन तय भएको फ्रान्सेली सांस्कृतिक कार्यक्रम रद्द गरेको छ । त्यस्तै अल मेर्कती,शुक अल बलदी,कतार सपिङ्ग कम्प्लेक्स,अल वज्बा कम्पनी र स्नोनुले आन्दोलनको समर्थन गर्दै फ्रान्सेली उत्पादनका सामान बिक्रीवितरण गर्न बन्द गरेको छ । त्यस्तै कुवेतमा पनि यस्तै आन्दोलनको घटना सार्वजनिक भएको छ ।

कारण के ?

आफ्नो कक्षामा इस्लाम धर्मको संस्थापक प्रोफेट मोहम्मदको आपत्तिजनक तस्बिर देखाएर पढाएका कारण एक १८ वर्षिय विद्यार्थीले टाउको छेदन गरि फ्रान्सको राजधानी पेरिसमा आफ्नो ४७ वर्षिय शिक्षकको केही दिन अघि हत्या गरेका थिए । त्यसलगत्तै फ्रान्सेली सरकारले देशभरका मस्जिद बन्द गर्न लगायर छापा मारेको घटनाले अरब तथा विश्व भरका मुस्लिम समुदायका मानिसहरु आक्रोशित बनेका छन् ।

फ्रान्सेली प्रधानमन्त्री एमानुयल मार्कोनले पनि इस्लाम धर्म विश्व समस्याको रुपमा रहेको विवादास्पद अभिव्यक्ति दिएका थिए ।

सोहि घटनाको जवाफमा अरब राष्ट्रमा फ्रान्सेली उत्पादनका सामग्री बहिस्कार गर्ने आन्दोलनले यतिखेर उग्ररूप लिएको हो ।

यद्यपि कतारको लगानी रहेको विश्व प्रसिद्ध फुटबल क्लब पेरिस सेन्ट जर्मन, क्यारीफोर कतार र मोनोपृक्स कतारले आन्दोलनको समर्थनमा हालसम्म कुनै कदम सुरु गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button