सेप्टेम्बर महिनामा कतारबाट नौ वटा उडान हुने

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार्टर्ड तथा नियमित उडानको तालिका सार्वजनिक गरेको छ । मन्त्रालयले सेप्टेम्बर महिना सम्मको नियमित तथा चार्टर्ड उडान तालिका सार्वजनिक गरेको हो।
सरकारको निर्णय अनुसार कतार बाट भने सेप्टेम्बर महिनामा नेेपाल र हिमालय एयरलाइन्स मार्फत गरि जम्मा नौ वटा उडान हुने भएको छ । कतारस्थित नेपाली दूतावास बाट यात्रुहरुको नामावलीको सुची सार्वजनिक हुन बाकी छ ।
मन्त्रालयका अनुसार नियमित उडान तर्फ चीन, जापान,दक्षिण कोरिया, मलेसिया,युएई,कतार,टर्की र हङकङमा उडान हुनेछ।
त्यस्तै माल्दिभ्स, कतार,कुवेत, साउदी अरब, ओमनमा चार्टर्ड उडान हुने छ। सरकारले पिसिआर टेष्ट सहज नहुने देशमा चार्टर्ड उडान गर्ने यसअघि नै निर्णय गरिसकेको छ।
कहाँ कहिले हुन्छ चार्टर्ड उडान:

यसरी हुने उडानबाट नेपाल आउनका लागि सरकारले निश्चित शर्तहरु तोकिदिएको छ। यी शर्तहरु पालना गरेरमात्र आउन पाइने छ। सरकारले तोकेका यी शर्तहरु पालना गरेपछिमात्र उडान गर्न अनुमति पाइने छ।
यदि शर्त पालना नगरेमा एयरलाइन्सलाई नै कारबाही गरिने सरकारले निर्णय गरेको छ।
यस्ता छन् शर्तहरु:
