कतार फर्कदा क्वारेन्टाइन बस्नुनपर्ने,पिसिआर रिपोर्ट पनि नचाहिने

कतार सरकारले दुबै डाेज खोप लगाएको यात्रुको लागि क्वारेन्टाइन र पिसिआर रिपोर्टको नियम हटाएको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचना अनुसार यो नियम फेब्रुअरी २८ को दिन बेलुका ७ बजे देखि लागू हुनेछ ।

मन्त्रालयको अनुसार क्वारेन्टाइन र पिसिआरको नियम दुबै डाेज वा बुस्टर खोप लगाएको वा कोरोनाबाट निको भएको ९ महिना अवधि नकटेकाे व्यक्तिहरुको हकमा लागू हुनेछ ।

यस्तो छ बिस्तृत नियम :

 

कतारी आईडी भएका / बिदामा गएका / नयाँ भिसामा आउने यात्रु

१. कतार सरकारले मान्यता दिएको खोप लगाएको १४ दिन देखि ९ महिना बढी नकटेकाे अवस्थामा कतार फर्कदा क्वारेन्टाइन बस्ननपर्ने । त्यस्ता यात्रुलाई पिसिआर रिपोर्ट पनि नचाहिने ।

कतार सरकारले शर्त सहित मान्यता दिएको खोप लगाएको १४ दिन देखि ६ महिना बढी नकटेकाे अवस्थामा कतार फर्कदा क्वारेन्टाइन बस्ननपर्ने । त्यस्ता यात्रुलाई पिसिआर रिपोर्ट पनि नचाहिने ।

कतार वा नेपालमा खोप लगाएको क्युआर कोड भएको प्रमाणपत्र चाहिने ।

कतार सरकारले मान्यता दिएको खोपको सुची ।

२. कोभिड लागेको ९ महिना बढी नभएको भए कतार फर्कदा क्वारेन्टाइन बस्ननपर्ने । त्यस्ता यात्रुलाई पिसिआर रिपोर्ट पनि नचाहिने । तर कतार सरकार वा नेपाल सरकारद्वारा मान्यता प्राप्त अस्पतालबाट कोभिड निको भएको प्रमाणित कागजपत्र चाहिने ।

जोनसोनको बुस्टर डाेज लगाएको यात्रुलाई ७ दिन देखि ९ महिना सम्म मान्यता हुने ।

३. खोप नलगाएका वा लगाएको ९ महिना कटेको यात्रुलाई ४८ घन्टा भित्रको पिसिआर रिपोर्ट चाहिने र ५ दिन होटेल क्वारेन्टाइन बस्नुपर्ने ।

भिजिट भिसामा आउने यात्रु

१. खोप लगाएको ९ महिना नकटेको यात्रुलाई कतार आउँदा ४८ घन्टा भित्रको पिसिआर रिपोर्ट चाहिने र १ दिन होटेल क्वारेन्टाइन बस्नुपर्ने ।

२. खोप नलगाएका र खोप लगाएको ९ महिना कटेको यात्रु कतार आउन नपाउने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button