बिज्ञापन

पल शाहले गरे प्रहरीसामु आत्मसमर्पण, दोषी पुष्टि भए १२ वर्षसम्म जेल सजाय

बलात्कारको मुद्दा खेपिरएका अभिनेता पल शाह पक्राउ परेका छन् । उनले आज (आइतबार) जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् ।

जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ। यसअघि शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका थिए ।

गत बुधवार गायिका समिक्षा अधिकारीको परिवारले जिल्ला प्रहरी कार्यालय तनहुँमा अभिनेता पलविरुद्ध बलात्कारको मुद्दा दायर गरेका छन् । नाबालिग गायिका अधिकारीलाई विवाह गर्छु भनेर फकाएर जवर्जस्ती यौन सम्बन्ध राखेको भन्दै उनी विरुद्ध जाहेरी दर्ता भएको हो ।

आइतबार सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसकेको बताएका थिए । शाहविरुद्ध अभियोग पुष्टि भएमा १० देखि १२ वर्षसम्म जेय सजाय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button