लुसेल ड्राइभ थ्रु सेन्टर बन्द हुने
लुसेल ड्राइभ थ्रु सेन्टर बन्द हुने भएको छ ।
कोभिड-१९ पिसिआर परिक्षण र बुस्टर डाेजको लागि खोलिएको ड्राइभ थ्रु सेन्टर भोलि देखि बन्द हुने प्राइमरी हेल्थ केयर कर्पोरेसनले जनाएको छ ।
कतारमा कोरोनाभाइरसको संक्रमण ओरालो लागेसंगै र अन्य स्वास्थ्य संस्थामा परिक्षणको नतिजा आउने समय सामान्य हुन थालेपछि सेन्टर बन्द हुन लागेको हो । भाइरसको तेस्रो चरण सुरु भएलगत्तै खोलिएको सेन्टरमा १ लाख भन्दा बढी मानिसले परिक्षण र खोप लगाएका छन् ।
अहिले २८ वटा पिएचसीसी हेल्थ सेन्टर संगै बु गार्नमा रहेको खोप केन्द्रमा कोरोनाभाइरसको खोप वितरण भैरहेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कतारमा हालसम्म १० लाख बढीले बुस्टर डाेज खोप लगाइसकेका छन् ।
One Comment