कतार बाहिर फसेका नागरिकले आईडी नवीकरण गर्दा जरिवाना नलाग्ने

कतार बाहिर फसेका आप्रवासी नागरिकहरुले पछि आएर आईडी नवीकरण गर्दा जरिवाना नलाग्ने आन्तरिक मन्त्रालयले बताएको छ । कोभिड-१९ का कारण भिसाको म्याद सकिए वा ६ महिना भन्दा बढी बस्नुपरेको भए जरिवाना नलाग्ने आन्तरिक मन्त्रालयले बताएको हो ।

कोभिड-१९ को महामारीका कारण कतार बाहिर फसेका नागरिकहरु फर्काउन कतारले यो अस्थायी अपवादात्मक प्रवेश अनुमति सेवा सुरु गरिसकेको छ । कतारी नागरिक,आप्रवासी कामदार,आईडी भएका नागरिकको परिवार लगायत व्यवसायिक भिसामा तथा पर्यटक भिसामा आउनेले परमिटको लागि आवेदन दिन पाउनेछन् । तत्कालको लागि स्वास्थ्यकर्मी , विभिन्न सरकारी र अर्ध-सरकारी क्षेत्रहरूको अत्यावश्यक कर्मचारी लगायतलाई प्राथमिकताको आधारमा कतार प्रवेश गर्न दिइनेछ।

परमिट कसरी निकाल्ने ?

कम्पनीले आफ्नो कामदारको लागि र नागरिक स्वयमले पनि फारम भरेर परमिट लिन पाउनेछन् ।

त्यसका लागि फारम भर्ने व्यक्ती वा कम्पनीले खाता खोल्नुपर्नेछ । फारम भर्न आफ्नै आईडी बाट सिम निकालिएको हुनुपर्नेछ । सिम आफ्नै आईडीमा नभए खाता सुरु गर्न सम्वन्धित सिम कम्पनीको कल सेन्टर सम्पर्क गर्न सकिनेछ ।

खाता खोलिसकेपछि कामदारको लागि अथवा परिवारको लागि भनेर छान्नुपर्नेछ । कामदारको लागि फारममा आफ्नो देशको नाम,फोन नम्बर,कतार बाहिर बसेको समय तथा त्यसको प्रमाणको कागज,इमेल ठेगाना लगायतको विवरण भर्नुपर्नेछ ।

पारिवारिक स्पोन्सरसिपको लागि नाम,आईडी नम्बर फारमको शुल्क लगायतको विवरण भर्नुपर्नेछ ।

कम्पनीले आफ्नो कामदारको लागि फारम भर्नुपरे कम्पनीको दर्ता नम्बर,कामदारको आईडी लगायत अन्य विवरण भर्नुपर्नेछ ।
कतार बाहिर बसेको देशको नाम,त्यहाँ बसेको समयले कतार आईसकेपछी क्वारेन्टाइनमा बस्नुपर्ने अवधीको निर्धारण गर्नेछ ।

परमिट निस्कन ७२ घण्टा वा बढीको समय लाग्नेछ ।

परमिटको समयावधि एक महिनाको हुनेछ । परमिटको निस्केको एक महिनाभित्र कतार आउन नसके पुन परमिट निकाल्नुपर्नेछ ।

क्वारेन्टाइन बस्न कहाँ बुकिङ्ग गर्ने ?

डिस्कोभर कतारले कम्पनीका कामदार,घरेलु कामदारका लागि १४ दिने क्वारेन्टाइन प्याकेज सार्वजनिक गरेको छ । यसअघि वेबसाइट मार्फत ३ देखि ५ तारे होटेलमा ७ दिनको क्वारेन्टाइन प्याकेज मात्र उपलब्ध थियो।

सार्वजनिक गरिएको १४ दिने प्याकेज मेकाइनेस मोटेल अन्तर्गत कोठाहरु अल शिहानिया र सल्वा रोडमा रहेको मेकाइनेसमा अवस्थित छ।

उपलब्ध कोठाको वर्गीकरण

पुरुषको लागि मात्र एकल कोठा
पुरुषहरुको लागि साझा कोठा
महिलाको लागि एकल कोठा
महिलाको लागि साझा कोठा

कोठा कतार आउन कम्तिमा पनि ४८ घण्टा अगाडी बुक गर्नुपर्नेछ। कम्पनी मार्फत आउन कम्तिमा पनि ३ जना सम्म हुनुपर्नेछ र एउटै उडानमा आउनुपर्नेछ।

शुल्क

कोठाको शुल्क प्रति दिन १०५ रियालको दरले हुनेछ। एकल कोठामा बस्नेले थप १४०० रियाल र साझा कोठामा बस्नेले ७०० रियाल थप शुल्क तिर्नुपर्नेछ । उक्त थप शुल्क १४ दिन भन्दा बढी बस्नु नपरे फिर्ता गरिनेछ । क्वारेन्टाइन बस्दा भाइरस देखिए १४ दिन भन्दा बढी बस्नुपर्ने हुन्छ। वेबसाइटमा राखिएको विवरण अनुसार समग्रमा क्वारेन्टाइन बस्न २,१६९ देखि ४,३०३ रियाल सम्म पर्नेछ । त्यसमा लाग्ने शुल्क कम्पनीले बेहोर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button