विश्वकपको बेला आवतजावतमा रोकतोक हुँदैन : एससी

सुप्रिम कमिटी फर डेलिभरी एण्ड लिगेसी (एससी) का आधिकारिक प्रवक्ता खालेद अल-नामाले विश्वकपको समयमा आप्रवासी नागरिकलाई देश प्रवेशमा प्रतिबन्ध लगाउने अफवाह सत्य नभएको बताएका छन् ।
कतार टिभीसँग कुरा गर्दै उनले कतार विश्वकपको बेला नागरिक वा बासिन्दाको प्रवेश र निकासमा कुनै असर नपर्ने र प्रतिवन्धको हल्ला झुटाे भएको बताएका छन् ।
विश्वकप आयोजनाको तयारी शत प्रतिशतले सकिएको र अब मात्र दर्शकको अनुभव सुन्न आतुर भएको उनले बताएका छन् ।