नक्कली सुन बिक्री गर्ने दुई जना पक्राउ

अपराध अनुसन्धान विभागले १५ लाख कतारी रियालमा नक्कली सुन बिक्री गर्न खोज्ने एसियाली मुलका दुई जनालाई पक्राउ गरेको छ ।

केही व्यक्तिले नक्कली सुन बनाएर ठगी गर्ने गरेको भनि प्राप्त भएको सूचनाका आधारमा विभागले विशेष टोली गठन गरी खोजी तथा अनुसन्धान गर्दा ममौरा क्षेत्रमा दुईजना पक्राउ परेका हुन् ।

सोधपुछको क्रममा अभियुक्तले ग्राहकलाई झुक्याउन करिब १५ किलो धातु कतारमा तस्करी गरेको र अन्य सामग्रीमा मिसाएर सुन जस्तै देखिने बनाउने गरेको खुलेको छ ।

आधिकारिक पसलबाट मात्र प्रक्रिया अनुसार सुन किनबेच गर्न आन्तरिक मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button