नेपाल सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्यो

मन्त्रिपरिषद बैठकले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी राजधानी तोकेको छ। कानूनमन्त्री यज्ञबहादुर थापाले बताए अनुसार प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ।
प्रदेश प्रमुखहरु पनि तोकिएका छन् ।
प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा,
प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ,
प्रदेश नम्बर ३ मा अनुराधा कोइराला,
प्रदेश नम्बर ४ मा बाबुराम कुँवर,
प्रदेश नम्बर ५ मा उमाकान्त झा,
प्रदेश नम्बर ६ मा दुर्गा खनाल र
प्रदेश नम्बर ७ मा मोहनराज मल्ल प्रदेश प्रमुख तोकिएका छन्।