कतारमा “लुट २” शुक्रबार मार्च १० तारिख लाई पक्का


कतारमा लामो समय सम्म प्रतियाक्षामा बसिरहेका नेपाली दर्शकहरुले अब भने लुट २ हेर्न पाउने भएका छन् । कतारमा आउँदो शुक्रबार मार्च १० तारिख लुट २ प्रर्दशन हुने पक्का भएको छ ।  नेपाल संगै प्रदर्शन हुने भनिएतापनि प्राविधिक गडबढीका कारण प्रर्दशन मिती सर्दै आईरहेको थियो । अब भने आउँदो मार्च १० तारिक, शुक्रबार बिहान ११ बजे  ग्रान्ड मल स्थित एसियन टाउन  सिनेमाको हल नं ३ मा प्रर्दशन हुने चलचित्रको टिकट दर ५०,७५ र १०० कतारी रियाल तोकिएको छ  ।

“लुट २” २०१२ को सर्वोकृष्ट चलचित्रको सिक्वेल हो । चार वर्ष पछि आएको लुट २ लाई निश्चल बस्नेतले निर्देशन गरेका हुन भने यसको निर्माता माधब वाग्ले र नरेन्द्र महर्जन रहेका छन् । यस चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, कर्मा, ऋचा शर्मा, बिपिन कार्की  लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्रलाई हाईलाइट्स नेपाल, कन्सेफ्ट भिजन र  क्यु एन खबर को  समन्यबयमा कस्तो राम्रो इवेन्ट्सले  कतारमा ल्याएको हो ।

अग्रिम सिट बूकिङका लागि : 50916387,31051785,74737143,50237323 मा संपर्क गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button