नेपालले जापानलाई हरायो

छैठौं एसियन आप्रवासी फुटबल प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ।कतार फुटबल एसोसिएसनद्वारा जारी प्रतियोगितामा हिजो मर्खिया खेल मैदानमा सम्पन्न खेलमा नेपालले जापानलाई शून्यका विरुद्ध दुई गोलले पाखा लगाउन सफल भयो।
जितको लागि खेलको पहिलो हाल्फमा कप्तान शिव श्रेष्ठले र दोस्रो हाल्फमा अर्जुन सुब्बाले गोल गरेका थिए। जित संगै नेपाल ६ अंकका साथ समूह ‘बी’ मा दोस्रो स्थानमा रहेको छ।त्यस्तै ६ अंकै बटुलेको लेबनान गोल अन्तरको आधारमा पहिलो स्थानमा छ।लेबनानले दुई खेलमा १७ गोल गरिसकेको छ।
नेपालले आफ्नो तेस्रो खेल फेब्रुअरी ८ तारिख राति २१:२० बजे दोहा रङगशालामा प्रतियोगिताको दाबेदार लेबनानसँग खेल्दैछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो