कोप-२६ मा सहभागी हुन अमिर यतिखेर स्कटल्याण्डमा

स्कटल्यान्डको ग्लासगोमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संरचना (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप-२६) मा सहभागी हुन अमिर शेख तमिम बिन हमाद अल थानी स्कटल्याण्ड पुग्नुभएको छ।
ग्लासगो विमानस्थलमा उहाँको आगमनमा अमिरलाई बेलायतकी महारानी एलिजाबेथ द्वितीयका विशेष प्रतिनिधि लर्ड पिटर म्याकार्थी र बेलायतका उच्च अधिकारीहरूले स्वागत गर्नुभएको थियो ।
बेलायतले आइतबारदेखि जलवायुसम्बन्धी राष्ट्रसंघीय सम्मेलन आयोजना गरिरहेको छ । हरित गृह ग्यास उत्सर्जन कटौतीका लागि मुलुकहरूले पर्याप्त कदम नचालेको भन्दै वैज्ञानिकहरूले चिन्ता व्यक्त गरिरहेका बेला कोप-२६ नामाकरण गरिएको उक्त सम्मेलन आयोजना गरिएको हो ।
यसअघि २०१५ मा पेरिसमा आयोजित जलवायु सम्मेलनपछि विश्वको औसत तापक्रम वृद्धि २ डिग्रीभन्दा कममा सीमित गर्न अपील गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो