अब शनिवार पनि श्रम स्वीकृति पाइने

वैदेशिक रोजगार विभागले शनिवार पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गर्ने भएको छ। टाढाबाट आउने नेपालीहरूलाई सजिलो होस् र अन्य दिनका कामहरूको चाप कम होस् भन्ने उद्देश्यले यस्तो गर्न लागेको हो।
वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्यधिक रहेको भन्दै विभागले सार्वजनिक बिदाका दिन समेत श्रम स्वीकृति जारी गर्न लागेको जनाएको छ ।
शनिवार बिहान १० देखि अपराह्न ३ बजेसम्म ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा आउने सेवाग्राहीलाई श्रम स्वीकृति प्रदान गरिने विभागले जनाएको छ । उक्त कार्यालयले विभिन्न देशमा काम गर्न जाने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।
रासस को समाचारबाट साभार गरिएको।