बिज्ञापन

हमाद विमानस्थल विश्वकै दोस्रो उत्कृष्ट

कतारको हमाद विमानस्थल फेरी एकपटक  विश्वकै उत्कृष्ट दुई मा पर्न सफल भएको छ। ट्राभल प्लस लेजर म्यागजिनको उत्कृष्ट अन्तराष्ट्रिय विमानस्थलहरुको सर्वेक्षणमा हमाद विमानस्थल उत्कृष्ट दुई मा परेको हो।

 

विगत २२ वर्ष देखि लगातार वार्षिक रुपमा आयोजना गर्दै आएको विश्व उत्कृष्ट अवार्ड,उक्त म्यागजिनको पाठकको भोटको आधारमा विमानस्थल, आइल्याण्ड,सहर,होटल,क्रुज लाइन लगायतको विधामा चुनिने गरिन्छ।

उत्कृष्ट १० विमानस्थल

१. चंगी अन्तराष्ट्रिय विमानस्थल, सिंगापुर

२. हमाद अन्तराष्ट्रिय विमानस्थल,कतार

३. दुबई अन्तराष्ट्रिय विमानस्थल,युएई

४. इन्चिअन अन्तराष्ट्रिय विमानस्थल,दक्षिण कोरिया

५. हङकङ अन्तराष्ट्रिय विमानस्थल,हङकङ

६.जुरिच अन्तराष्ट्रिय विमानस्थल,स्विट्जरल्याण्ड

७. हनेदा (टोकियो विमानस्थल),जापान

८. बेन गुरिईओन विमानस्थल, टेल अवीव

९. अबु धाबी अन्तराष्ट्रिय विमानस्थल,युएई

१०. एम्स्टर्डम विमानस्थल सिफोल,नेदरल्याण्ड

 

ती विमानस्थलहरूको प्रतिस्पर्धा यात्रुको सहजता,सुरक्षा,खाना तथा पिय पदार्थको विकल्प,डिजाइन र किनमेल अनुभवको आधारमा सञ्चालन गरिएको थियो।

हमद विमानस्थल यसअघि स्काई ट्रयाक्स बाट विश्वकै ५ विमानस्थल मध्य ५ तारे विमानस्थल भित्र घोषित भइसकेको छ। त्यस्तै यसले स्काई ट्रयाक्स कै उत्कृष्ट विमानस्थल २०१६ को छैठौं स्थानको अवार्ड जितेको थियो।

त्यस्तै खाडी क्षेत्रको उत्कृष्ट विमास्थलमा लगातार तेस्रो पटक र उत्कृष्ट स्टाफ सेवाको अवार्ड समेत दुई पटक जितिसकेको छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button