शेखा आस्माले कञ्चनजङ्घा हिमालको आरोहण गरिन

कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको सफल आरोहण गरेकी छिन् ।

यो संगै कञ्चनजङ्घा आरोहण गर्ने शेखा आस्मा पहिलो कतारी नागरिक बनेकी छिन् ।

ताप्लेजुङमा पर्ने आठ हजार ५८६ उचाइको हिमाल  आरोहण गरेकी शेखा अल थानीले यसअघि मनास्लु हिमालको पनि बिना अक्सिजन सफल आरोहण गरेकी थिइन् ।

उनलाई कीर्तिमानी आरोही मिङ्मा डेविड शेर्पा, निर्मल पुर्जा र मिङ्मा तेञ्जिङ शेर्पाले गाइड गरेका थिए । यसअघि गत वसन्त ऋतुमा राजकुमारी अल थानी एक्स्प्लोरर ग्रान्ड स्लाम अर्थात विश्वका सात महादेशका सात सर्वोच्च शिखर आरोहण गर्ने र दुई ध्रुवमा पाइला राख्ने लक्ष्यसहित सगरमाथा आरोहणका लागि नेपाल पुगेकी थिइन् ।

उनले नेपालको धौलागिरी , दक्षिण अमेरिकाको ६,९६९ मिटरको माउन्ट एकोनकागुआ, अफ्रिकाको ५,८९५ मिटर अग्लो माउन्ट किलिमन्जारो र यूरोपको ५,६४२ मिटर अग्लो माउन्ट एल्ब्रस आरोहण गरिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button