दोहा-भैरहवा हप्तामा तीनवटा उडान हुने

जजिरा एयरलाइन्सले दोहा देखि भैरहवा सम्म हप्तामा तीनवटा नियमित उडान सुरु गर्ने भएको छ ।
नेपालको दोस्रो विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जुन १२ देखि जजिरा एयरलाइन्सले दोहादेखि उडान सुरु गर्ने बताएको छ ।
एयरलाइन्सले आइतबार, मंगलबार र बिहिवार दिउँसो ३:३० बजे दोहा बाट उडान गर्ने जनाएको छ । दोहाबाट कुवेतमा १ घन्टा ३५ मिनेटको ट्रान्जिट हुनेछ र त्यहाँबाट ६:३० बजे नेपालको लागि प्रस्थान गर्नेछ । भैरहवामा विमान राती १ बजेर ४५ मिनेटमा अवतरण हुनेछ ।
एयरलाइन्सले ३० केजी सामान निशुल्क लान सकिने व्यवस्था गरेको छ । त्यस्तै अतिरिक्त १० केजी सामानको १२३ रियाल शुल्क लाग्ने एयरलाइन्सले बताएको छ ।
विमानस्थलको उद्घाटन मे १५ तारिक हुँदैछ । आइतबार हुने उद्घाटनकै दिन पनि एयरलाइन्सको एउटा उडान दोहा देखि बेलुका ६:२० बजे हुनेछ ।
उडान बारे विस्तृत जानकारीको लागि कतारस्थित एयरलाइन्सको कार्यालयमा सम्पर्क गर्न सकिन्छ ।
फोन नम्बर ४४२७१०१०/३०७०१०४२
इमेल – doha.res@jajeeraairways.com