कतारमा भाइरस : अझै ३,१३१ जनालाई निको हुन बाँकी

स्वास्थ्य मन्त्रालयले शनिबार ४१० जनामा कोरोना भाइरसको संक्रमण देखिएको र ४२६ जनालाई निको भएको जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,०६,३०८ पुगेको छ ।
भाइरसको कारण आज १ जनाको मृत्यु पनि भएको छ । स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ३,४०६ जनालाई परिक्षण गरिएको थियो ।
कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १५४ रहेको छ र निको हुनेको संख्या १,०३,०२३ पुगेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – २९ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ५३० जना
आईसीयुमा भर्ना भएका – ४ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – १३२ जना
आज सम्म जाँच भएको संख्या – ४,३८,९९० जना
निको हुन बाँकीको संख्या : ३,१३१ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।