ताप्लेजुङको सिरीजङ्घा-३ मा एमालेले लियो सुरुवाती अग्रता

ताप्लेजुङ,मंसिर १६-

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–३ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । वडाध्यक्ष पदमा भएको उपनिर्वाचनको प्रारम्भिक मतगणनामा एमालेकी कुमारी सावादेनले ८३ मतसहित अग्रता लिएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी, नेपाली कांग्रेसका भीम कुमार लक्सम्वाले ५५ मत पाए। यस्तै माओवादी केन्द्रका अम्वी साउदेनले ४७ मत पाए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बुले १३ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका देवी प्रसाद पौडेलले ३ मत पाएका छन् ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button