कतारमा ‘कबड्डी ४’ प्रदर्शन हुने

कतारमा ‘कबड्डी ४’ प्रदर्शन हुने तय भएको छ ।
आगामी जुन ९ देखि कतारको प्राय हलहरुमा फिल्मको नियमित शो हुने आयोजक पक्षले क्युएन खबरलाई जानकारी दिएको छ ।
रामबाबु गुरुङद्वारा निर्देशित फिल्ममा मिरुना मगर ,गौमाया गुरुङ, सौगात मल्ल,दयाहाङ राई, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, शारदा अधिकारी, प्रकाश घिमिरे र कमलमणी नेपाल आदिको अभिनय देख्न सकिन्छ ।
नेपालमा भोलिबाट प्रदर्शनमा आउन लागेको ‘कबड्डी’का अघिल्ला तीनवटा सिरिज ब्लकबस्टर भएका थिए ।