बिज्ञापन

‘कबड्डी ४’ ले कतारमा ७१ शो पाउँदै रेकर्ड बनायो

कतारमा नेपाली चलचित्र ‘कबड्डी ४’ ले रेकर्ड कायम गरेको छ ।

शनिबारको शोको समय तालिका यस्तो छ ।

 

आज बाट कतारमा प्रदर्शनमा आएको चलचित्रले जुन १५ सम्म ७१ शो पाएको छ । सुरुमा गतिलो शो दिन आनाकानी गरेको हलहरुले आक्रमक बुकिङ देखेपछि धमाधम शो थपेको छ । कतारमा नेपाली चलचित्रले यतिधेरै शो पाएको यो पहिलोपटक हो ।

चलचित्रले सबैभन्दा बढी बिहिवार देशभर १९ र शुक्रबार २० शो पाएको छ । कतारको एसियन टाउन,अल खोर,द मल , सिटी सेन्टर र नोभो सिनेमाको शाखा हलहरुमा चलचित्र प्रदर्शन भैरहेको छ ।

“नेपाली चलचित्रको माग यतिधेरै होला भनेर हामीले सोचेका थिएनौं । यस्तै माग र राम्रो चलचित्र आए जुनसुकै भाषाको चलचित्रलाई शो दिन हिचकिचाउदैनौ । कबड्डी ४ ले राम्रो व्यापार गरोस हाम्रो तर्फबाट शुभकामना”,क्यु टिकट्सका कार्यकारी प्रबन्धक मोहम्मद इमरान अलिले क्युएन खबरलाई बताएका छन् ।

‘कबड्डी ४’ प्रदर्शन भैरहेको हल,शो टाइम ,टिकट शुल्क हेर्न र बुकिङ गर्न यहाँ थिच्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button