बिज्ञापन

घरेलु कामदारलाई पनि कतार छोड्न खुरुज पत्र नचाहिने

कतारको श्रम कानून भित्र नपर्ने कामदारलाई पनि कतार छोड्न खुरुज पत्र ( एग्जिट पर्मिट ) नचाहिने भएको छ । श्रम कानून अन्तर्गत पर्ने कामदारले भने यसअघि देखि नै बिना पत्र कतार छोड्न पाउने नियम छ ।

प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख अब्दुलाह बिन नस्सेर बिन खलिफा अल थानीले मन्त्रीपरिषदको २०१९ को निर्णय नम्बर ९५ जारी गर्दै तत्कालै लागू हुनेगरी श्रम कानून अन्तर्गत नपर्ने कामदार कतार छोडन चाहिने गमन पत्रको आवश्यकता हटाइएको सरकारी सन्चार कार्यलयले ट्विट गरेको छ ।

नयाँ नियम अनुसार निम्न क्षेत्रका कामदारहरु आफ्नो करार अवधीको बेलामा अस्थायी अथवा सधैंका लागि कतार छोड्न पाउनेछन्  ।

१. मन्त्रालय तथा अन्य सरकारी कार्यलयका कर्मचारी ।

२. तेल र ग्यास कम्पनीका कर्मचारी ।

३. समुन्द्री क्षेत्रका कर्मचारी ।

४.कृषि कम्पनीका कर्मचारी ।

५. सम्पुर्ण अस्थायी प्रकारका कामका कर्मचारी ।

कतार आर्मीका कर्मचारीहरुलाई भने यो नियम लागू गरिएको छैन ।

घरेलु कामदार

यधपी आफ्नो पूरा कामदार मध्यको ५ प्रतिशतलाई कतार छोड्न नदिने अधिकार कम्पनीलाई अझै यथावत रहेको छ । यसमा बैंक,गहना पसल,लेखा लगायत महत्त्वपूर्ण विभाग हेर्ने कर्मचारीहरु पर्दछ्न् ।

नयाँ निर्णय अनुसार २०१७ को कानून नम्बर १५ मा पर्ने घरेलु कामदारले पनि आजै बाट अस्थायी वा स्थायी रुपमा कतार छोडन पाउनेछन् । तर त्यसका लागि कम्तिमा पनि ७२ घन्टा भित्र आफू कतार छोड्न लागेको जानकारी कामदारले आफ्नो मालिकलाई दिनुपर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार घरेलु कामदारले आफ्नो मालिकलाई जानकारी नदिई कतार छोडे पाउनुपर्ने हिसाब र टिकटको पैसाको लागि कानूनी प्रक्रिया गर्न पाउनेछैन। त्यस्ता कामदारलाई चार वर्षका लागि कतार आउन रोक पनि  लगाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button