विश्वकपको बेला आफ्नो आफन्त बोलाउन के गर्ने ?

फिफा विश्वकप हेर्न सन्सारभरबाट फुटबलप्रेमी दर्शक कतार आउँदै छन् । एक महिने प्रतियोगिताको लागि कतारमै भएका आप्रवासीले विश्वकप खेलको टिकट भएका आफ्नो साथीभाइ र आफन्त बोलाउन पाउनेछन् ।

प्रक्रिया पूरा गरि एक जनाले बढीमा १० जना सम्म आफन्तलाई कतारमा निम्तो गर्न पाउने सुप्रिम कमिटी फर डेलिभरीले यसअघि नै घोषणा गरिसकेको छ ।

यस्तो छ सम्पुर्ण प्रक्रिया

१. हय्या डिजिटल कार्ड बनाउने

विश्वकप हेर्न कतारी नागरिक,आप्रवासी वा जोकोहीले पनि हय्या डिजिटल कार्डको लागि आवेदन दिनुपर्नेछ । आवेदन दिन खेलको टिकट खरिद गरिसकेको हुनुपर्नेछ । आवेदन दिन कुनै शुल्क लाग्दैन ।

आवेदन दिन

हय्या एप

अनलाइन : https://hayya.qatar2022.qa/

यो कार्ड स्वीकृत भएर मोबाइलमा आएपछि मात्र विश्वकप हेर्न पाइन्छ ।

हय्या कार्डले कतार आउन इन्ट्री परमिटको काम गर्दछ । प्रतियोगिताको खेल हुनेदिन यो कार्ड देखाएर निशुल्क सार्वजनिक सवारी चढ्न पनि पाईन्छ ।

तर विश्वकप बाहेक अन्य कामका लागि कतार आउने नागरिकलाई यो कार्डको आवश्यक पर्दैन ।

.आफन्त बोलाउन के गर्ने ?

हय्या कार्डको लागि आवेदन दिनेबेला नै टिकट भएका दर्शकले प्रतियोगिताको बेला आफू बस्ने स्थानको विवरण भर्नुपर्ने हुन्छ ।

प्रतियोगिता अवधिभर आफ्नो आफन्त वा साथीभाईलाई संगै राख्न चाहेको खण्डमा कतारमै भएका सो व्यक्तिले आफ्नो र पाहुनाको विवरण दर्ता गर्नुपर्नेछ ।

टिकट लिएको परिवार र साथीलाई संगै राख्ने योजनामा ​​रहेका कतारका बासिन्दाले आफ्ना पाहुनालाई कतार बोलाउन निम्न प्रक्रिया पूरा गर्नुपर्छ :

१. हय्या कार्ड बनाउने बेला alternative accomodation मा गै आफ्नो कतारी आईडीको विवरण भर्ने ।

२. आफू बस्ने स्थान,घर नम्बर,जोन,स्ट्रिट नम्बर,युनिट भर्ने ।

३. बस्ने स्थान भाडाको अथवा आफ्नै भएको खुलाउनु पर्ने ।

४. माथिको सबै विवरण भरिसकेपछी पाहुनाको नाम,पासपोर्ट नम्बर र राष्ट्रियता भर्नुपर्ने ।

५. सबै विवरण भरेर हय्या कार्ड स्वीकृत भए आफुले बोलाएको पाहुना सजिलै कतार आउन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button