विश्वकप प्रतियोगिताको लागि १० लाख बढी टिकट बिक्री भयो

कतारमा आयोजना हुने फिफा विश्वकपको १० लाख बढी टिकट बिक्री भएको छ ।
अप्रिल ३१ सम्म चलेको दोस्रो टिकट बिक्री चरणमा २३ लाख बढीको आवेदन परेको थियो । सबैभन्दा बढी टिकट खरिद गर्नेहरुमा फ्रान्स,अर्जेन्टिना ,ब्राजिल ,बेलायत,मेक्सिको ,कतार,साउदी अरेबिया र अमेरिकी दर्शक भएको फिफाले बताएको छ ।
कतार इकोनोमिक फोरममा बोल्दै सुप्रिम डेलिभरी एन्ड लिगेसीका महासचिव हस्सन अल थवाडीले विश्वकपका लागि १० लाख २० हजार बढी टिकट बिक्री भैसकेको बताएका छन् । कार्यक्रममा बोल्दै थवाडीले विश्वकपको बेला दर्शकले कोठा नपाउने हल्लाको खण्डन पनि गरेका छन् । दर्शकका लागि प्रति रात ८० अमेरिकी डलर देखि माथिको होटेल तयार रहेको उनले बताएका छन् ।
यसै वर्षको नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने प्रतियोगिताका लागि विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ ।