प्रवासी नेपाली मञ्च कतारले शुक्रबार रक्तदान कार्यक्रम गर्दै

“रक्तदान जिवन दान” भन्ने मूल नाराका साथ प्रवासी नेपाली मञ्च कतार शाखा ले कतारमा रक्तदान कार्यक्रम गर्ने भएको छ । मञ्चले हमाद मेडिकल अन्र्तगतको ब्लड डोनेशन युनिट संगको समन्वयमा रक्तदान कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रम आउँदो शुक्रबार, २३ तारिख हमाद मेडिकलमा रहेको ब्ल्ड डोनेशन युनिटमा बिहान ८ बजे देखि हुने अध्यक्ष रामहरी ग्रैह्रेले मञ्चको फेसबुक पेज मार्फत जानकारी गराउनु भएको छ
साथै कतारमा रहेका नेपाली जन समुदायलाई यस्तो महत्वपूर्ण समाजिक कार्यमा सहभागी हुन मञ्चले आग्रह समेत गरेको छ ।
१. रक्तदान गर्नाले हाम्रो रगत पातलो भई मुटुमा बिना अवरोध रगत प्रवाह हुँदा मुटुको रोग र हृदयघात हुने संभावना कम हुन्छ ।
२. रक्तदान गर्नाले क्यान्सर हुने खतरा पनि घट्दछ । हामीले खाएका बिभिन्न खानेकुराहरु बाट शरिरमा जम्मा भएको अनावश्यक “आइरन” रक्तदान गर्दा बाहिर आउने हुँदा क्यान्सर हुने सम्भावना हुँदैन् ।
३. नियमित रक्तदान गर्नाले मोटोपना घट्दछ ।
४. रक्तदान गरे पश्चात शरिरमा गएको रगत फेरी बन्न रगतका नँया सेल्सहरु बन्दछ । यसले शरिरलाई स्वास्थ्य राख्दछ ।
५. तपाईले दान गरको रगतले कसैको ज्यान जोगाउँदछ जसकारण तपाइलाई गर्वको महशुस हुनेछ ।
६. रक्तदान गर्नुअघि तपाइको स्वास्थ्य जस्तै रक्तचाप,कोलेस्ट्रोल आदि जाँच हुनेछ तसर्थ तपाईलाई आफ्नो स्वास्थ्यको बारेमा थाहा हुन्छ ।
७ .रक्तदान पश्चात तपाईको रगत अरुलाई दिन उपयुक्त छ,छैन भनि जाँच हुनेछ, यसले तपाईको रगतको अवस्था पनि थाहा हुन्छ ।
१. तपाई कतार प्रवेश गरको ६ महिना हुनुपर्नेछ ।
२. २४ घन्टा भित्र मदिरापान नगरेको हुनुपर्ने ।
३. तपाईको तौल ५० के.जी भन्दा माथी हुनुपर्नेछ र उमेर १८ देखि माथी र ६५ भन्दा तल हुनुपर्नेछ ।
४. रक्तदान गर्नु केही अघि टन्न जुस खानुहोस,अनिन्द्रा तथा खाली पेटमा रक्तदान गर्न हँुदैन् ।
५. तपाईको कतारी परिचयपत्र,सवारी परिचय पत्र वा हेल्थ कार्ड अनिवार्य बोक्नुहोस ।
६. हलुका कपडा लगाउनुहोस ।
७. रक्तदान गर्नुअघि स्वास्थ्य खाना खानुहोस । बाहिरको खाना जस्तै ह्यामवर्गर,आईसक्रिम जस्ता खाना खाँदा तपाईको रगत बाक्लो हन्छ जसकारण तपाईको रगत जाँच गर्न गाह्रो हुनेछ ।
रक्तदान गर्दा आनन्द दिने खालको संगित सुन्नुहोस किताब पढ्नुहोस आफ्नो साथी वा नजिकैको कोही संग कुरा गर्नुहोस ।
१. केही बेर आराम गर्नुहोस ।
२. कम्तिमा ४ गिलास तरल पदार्थ जुस खानुहोस ।
३. केही समय पश्चात मात्र हातमा बाधिएको ब्यान्डेज खोल्नुहोस ।
४. रगत निकालिएको भागबाट रगत बगेमा दबाएर ५ देखि १० मिनेट हात माथि उठाउनुहोस , चिलाएमा साबुन पानीले धुनुहोस ।
५. रक्तदान गरेको दिनभर गरुङ्गो चिज नउठाउनुहोस ।
६. रिगंटा लागेमा वा टाउको दुखेमा भुईमा पल्टेर बस्नुहोस ।
हमाद मेडिकलमा रहेको ब्ल्ड डोनेशन युनिट जाने बाटो
