बिज्ञापन

आपतकालिन प्रयोगका लागि फाइजर-बायोटेक कम्पनीको खोपले स्वीकृति पायो

स्वास्थ्य मन्त्रालयले कतारमा आपतकालिन प्रयोगका लागि फाइजर-बायोटेक कम्पनीको कोभिड-१९ खोपलाई अनुमोदन गरेको छ । खोपको पहिलो लट आज कतार आइपुग्नेछ ।

भ्याक्सिनको पहिलो ढुवानी आगमनबारे अमिर शेख तमिम बिन हमाद अल थानीको महानिर्देशन र प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल-थानीको निर्देशनमा तोकिएको स्वास्थ्य मापदण्ड अनुसार सबैलाई यो खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले फाइजर र बायोटेकको कोभिड १९ खोपको स्वीकृति र दर्ता जारी गरेको कतार न्युज एजेन्सीले बताएको छ ।

फाइजर-बायोटेकको खोप दुई कम्पनीका खोपहरू मध्ये एक हो जुन स्वास्थ्य मन्त्रालयले यसअघि नै खरिद सम्झौता गरिसकेको छ ।

मन्त्रालयको फार्मेसी र फार्मास्यूटिकल नियन्त्रण विभागले खोपको गहन समीक्षा संगै स्वयम्सेवकहरूको विस्तृत श्रृंखलामा गरिएको क्लिनिकल अध्ययनको समीक्षाले यो खोप सुरक्षित र अन्तर्राष्ट्रिय मापदण्डको अनुरूप प्रभावकारी भएको देखाएको छ ।

“फाइजर र बायोटेकको खोपमा गरिएको व्यापक क्लिनिकल परीक्षण प्रक्रियाले यो सुरक्षित र ९५ प्रतिशत प्रभावकारी भएको देखायो । खोपको तिव्र विकास र परिक्षणको गतिको बावजुद कतारमा पनि यसको परीक्षण र अनुमोदन प्रक्रिया गरिएको छ ”,कोरोनाभाइरस विरुद्ध राष्ट्रिय स्वास्थ्य रणनीतिक समूहका अध्यक्ष तथा हमाद मेडिकल कर्पोरेशनका संक्रामक रोग प्रमुख डाक्टर अब्दुल्लातिफ अल खलले बताउनुभयो ।

यस महिना देखि २०२१ सम्म हामी कतारमा सबैभन्दा ठूलो खोप वितरण कार्यक्रम सञ्चालन गर्नेछौं । मानिसहरूले मास्क लगाउन र सबै सावधानीका उपायहरू अनुसरण गर्न अझै महत्त्वपूर्ण रहेको छ किनकि अझै पनि अस्पतालको गहन कक्षमा भाइरसका कारण बिरामी भर्ना हुने क्रम रोकिएको छैन,” डा अल-खलले थप्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button