एकैदिन प्रतितोला एक हजार २०० रूपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं, मंसिर २८-
नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य घटेको छ।
बिहीबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५४ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय २५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो