विश्वकपको लागि टिकट बिक्री खुल्यो

फिफा विश्वकप २०२२ को लागि बाँकि टिकट बिक्री आज देखि सुरु भएको छ ।
टिकट आज देखि अगस्ट १६ सम्म खरिद गर्न सकिनेछ । पहिले आउने खरिदकर्ताले पहिले टिकट पाउने आधारमा खुला भएको टिकट खरिद गर्न साथ नै पाईनेछ ।
कतारमा हुने विश्वकपको लागि विश्वभरका दर्शकको लागि टिकट दर २५० रियाल देखि माथि रहेको छ । क्याटागाेरी ४ को टिकट कतारी स्थानीयको लागि मात्र बिक्री हुनेछ र यसको टिकट दर ४० रियाल पर्नेछ ।
फिफाको अनुसार हालसम्म १२ लाख बढी टिकट बिक्री भैसकेको छ । कतारमा यसै वर्षको नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म फिफा विश्वकपको आयोजना हुँदैछ ।
टिकट खरिद गर्न fifa.com/tickets मा जान सकिन्छ।