दोस्रो नकआउट नाइन–ए–साइड फुटबल प्रतियोगिता हुने

युनाइटेड यूथ क्लबको आयोजनामा बक्र इदमा दोस्रो नकआउट नाइन–ए–साइड फुटबल प्रतियोगिता हुने भएको छ । बर्वा अल बराह, सनैया ५२ मा प्रतियोगिता आज साँझबाट आयोजना हुँदैछ ।
प्रतियोगितामा विजेता टिमले १,८०१ रियाल नगद, ट्रफी, मेडल संगै प्रमाणपत्र र उपविजेताले १,२०१ रियाल नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । टोलीको दर्ता शुल्क २५१ रियाल तोकिएको छ ।

उद्घाटन खेलमा नेपाली भेट्रान टिमले आयोजक युनाईटेड यूथ एफसीसंग प्रतिस्पर्धा गर्ने आयोजक पक्षले क्युएन खबरलाई जानकारी दिएका छन् ।