नेपथ्य लाइभ इन दोहाको सम्पूर्ण तयारी पुरा : आयोजक

इस्लाम ध्मावलम्बीहरूको पर्व ईद-उल-अज़हाको दोस्रो दिन अर्थात भोलि सोमबार ग्रान्ड मल स्थित एसियन टाउन एम्पीथिएटरमा शान्तिको लागि संगीत भन्ने नारा का साथ हुन लागेको ‘नेपथ्य लाइभ इन दोहा’ को सम्पूर्ण तयारी पुरा भएको आयोजक लक्ष्मण प्रसाद चौलागाई र दिपक भण्डारीले क्युएन खबरलाई बताउनु भएको छ ।
लेवल एफ एन एड्भर्टाइजमेन्ट एण्ड इभेन्ट मुख्य आयोजक, सहआयोजको रुपमा कास्की आदर्श सेवा समाज कतार र रामनगर ठिमुरा सेवा समाज कतारको सयुक्त आयोजनमा उक्त कन्सर्ट हुँदैछ ।
सन् १९९१ मा स्थापना भएसँगै ९ वटा एल्बम प्रकाशित गरिसकेको नेपथ्यका गितहरु सबै उमेर समुहका नेपालीमाझ लोकप्रिय रहेको छ । संगीतिक मनोरञ्जनसँगै सामाजिक कार्यमा समेत सहभागी गराउँदै आएको नेपथ्यले हरेक पुस्ताका नेपालीलाई नेपाली गीत संगीतमा चाख र गर्व गर्न लायक बनाउँदै आएको नेपथ्यको दोर्सो कतार यात्रालाई ऐतिहासिक र भव्य बनाउन कुनै कसुर बाँकी नराख्ने आयोजक लक्ष्मण प्रसाद चौलागाई र दिपक भण्डारीले क्युएन खबरलाई बताउनु भएको छ ।