आज ९७१ जनामा भाइरस देखियो

कतारमा कोरोना संक्रमितको संख्या फेरि बढेकाे छ । पछिल्लो २४ घन्टामा देशभर ९७१ जनामा भाइरस देखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
संक्रमित मध्ये ८२४ जना स्थानीय र १४७ जना अन्य देशबाट आएका यात्रुहरु हुन् ।
मन्त्रालयले गत महिनादेखि साप्ताहिक रुपमा मात्रै कोरोनाभाइरसको रिपोर्ट सार्वजनिक गर्ने गरेको थियो । अहिले संक्रमण बढेसंगै मन्त्रालयले दैनिक रिपोर्ट दिन थालेको छ ।
यस्तो छ पछिल्लो २४ घन्टाको पुरा रिपोर्ट
निको हुन बाँकि : ५,७८९
निको हुनेको संख्या : ६२९
हालसम्म निको हुनेको संख्या : ३,८६,४४७
अस्पतालमा : ९७ जना
अस्पताल भर्ना : २३ जना
जम्मा ज्यान गुमाउनेको संख्या : ६८० जना
परिक्षण : १८,७४० जना
हालसम्म जाँच भएको संख्या : ३६,९६,३५९जना
खोप लगाउनेको संख्या : ५,०६० जना
हालसम्म खोप लगाउनेको संख्या : ७२,७८,१११ जना
हालसम्म बुस्टर डाेज लगाउनेको संख्या : १८,०१,७६८ जना
आईसियुमा भर्ना : १ जना
आईसियुमा : ४ जना