कतार एयरवेज विश्वकै लामो दुरी उडान गर्ने कम्पनी

कतार एयरवेजले दोहा देखि न्युजिल्यान्डको अकल्यान्ड शहर सम्मको रुट सन्चालन गर्दै विश्वको सबैभन्दा लामो दुरी उडान गर्ने विमान कम्पनी बनेको छ । कतारको समय अनुसार बिहान ५ः१० बजे क्युआर ९२० नम्बरको विमानले आईतबार हमाद विमानस्थल बाट उडान भरेकोे थियो । त्यसको १६ घन्टा १० मिनेटमा १४,५३५ किलोमिटर पार गर्दै विमानले कतारी समय ११ बजे राती अकल्यान्ड शहर अवतरण गरेको थियो । विमानले जम्मा १० समय क्षेत्र पार गरेको थियो ।
यसका साथै एयरवेजले दुबईको इमिरेट्स एयरलाइन्स को दुबई अकल्यान्डको १४१९२ किलोमिटर रुटलाई १५ मिनेटले पछि पारेको छ । तर सिङ्गापुर एयरलाइन्स ले २०१८ देखि सन्चालन गर्न लागेको सिङ्गापुर न्यूयोर्कको १५,२८८ किलोमिटर रुट पछि कतार एयरवेज देस्रो लामो दुरीको उडानमा झर्नेछ ।
कतार एयरवेजका सिइओ अकबर अल बेकरले विश्वकै लामो दुरीे उडानको उपाधी पाउँदा २० वर्षे उडान सेवामा एक महत्वपूर्ण उपलब्धी रहेको बताउनु भएको छ ।
जम्मा ४ चालक दल रहेको उक्त विमानमा २१७ आर्थिक र ४२ व्यवसायिक वर्गका यात्रुहरुको क्षमता रहेको छ । जहाजको दोहोरो दोहा अकल्यान्ड भाडा जम्मा १३०० अमेरिकी डलर रहेको छ ।
कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस ।