थप तीन जनामा कोरोना भाइरस,शैक्षिक संस्था बन्द

 

कतारमा आज थप तीन जनामा कोरोना भाइरस देखिएको छ । आज भाइरस देखिएको व्यक्तिहरु हिजो भाइरस देखिएका बिरामी बाट संक्रमित आप्रवासी कामदार रहेका छन् । भाइरस देखिएका बिरामीलाई आइसोलेशन वार्डमा तथा संगै कोठामा बस्ने र बिरामी संग घुलमिल भएका एक सय भन्दा बढीलाई क्वारेन्टाइन राखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

यसअघिका बिरामीहरु सबै इरान बाट फिर्ता ल्याईएका मध्यका मात्र थिए । संक्रमित बिरामीलाई अहिले सरुवा रोग केन्द्रमा भर्ना गरिएको र उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले भनेको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या १८ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

 

एक हाइपरमार्केट बाट हिजो देखि भाइरस संक्रमित बिरामीहरु भेटिएका हुन् । संक्रमित हुने नागरिकहरु कुन देशका भन्ने बारे मन्त्रालयले कुनै जानकारी दिएको छैन । यद्यपि कडा निगरानीका साथ बिरामीलाई उपचार  तथा अन्यलाई क्वारेन्टाइनमा राखिएका कारण सर्वसाधारणमा संक्रमण हुने सम्भावना न्यून रहेको मन्त्रालयले बताएको छ ।

शैक्षिक संस्था बन्द

कोरोना भाइरस कोभीड-१९ फैलन नदिन कतारले देशभरका शैक्षिक संस्था बन्द गर्ने भएको छ । भोलि मंगलबार बाट देशभरका मोन्टेशोरि, विद्यालय तथा क्याम्पस अर्को सूचना नआउन्जेल सम्मका लागि बन्द गरिने शिक्षा मन्त्रालय बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button