बिज्ञापन

विश्वकै वायु प्रदूषणको पहिलो सूचीमा नेपाल

काठमाडौं, चैत २८-

काठमाडौंको वायु विश्वकै अस्वस्थकरको पहिलो सूचीमा परेको छ । सिंगापुरले मापन गरेको वायु शुद्धता सूचकांक (एक्युआइ) अनुसार खराब हावाको सूचीमा नेपाल पहिलो नम्बरमा परेको हो।

रियल टाइमका अनुसार नेपालको एक्युआइ २४७ रहेको छ। जुन निकै घातक हो। एक्युआइ अनुसार सय अंकभन्दा माथिलाई घातक प्रदूषित हावा मानिन्छ। त्यस्तै ललितपुरको खुमलटार क्षेत्रको एक्युआइ बिहान मापन गरिएको अनुसार २३६.९७ छ। काठमाडौंको रत्नपार्क क्षेत्रको वायु प्रदूषणको अवस्था १९८.८७, कीर्तिपुर क्षेत्रको १८५.८२, भक्तपुरको एक्युआइ १८४.२१ छ।

त्यस्तै आज भारतको नयाँ दिल्लीको एक्युआइ २०३ रहेको छ। तेस्रो नम्बरमा रहेको पाकिस्तानको लाहोर सहरको प्रदूषणको अवस्था १९८ छ। चौथो नम्बरमा रहेको बंगलादेशको राजधानी ढाकाको एक्युआइ १८३ छ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button