कतार विश्वकप स्वयंसेवकका लागि डेढ लाख बढीले दर्ता गरे

कतारले आयोजना गर्ने २०२२ फिफा विश्वकप तयारीमा सहयोग गर्न डेढ लाख भन्दा बढीले स्वयंसेवकका लागि आफ्नो नाम दर्ता गरेको सुप्रीम कमिटी फर डेलिभरी एण्ड लेगेसी (एससी) ले जनाएको छ।
हिजो राती सम्मको तथ्याङ्क अनुसार वेबसाइट मार्फत जम्म्माम १,७६,७८८ जनाले नाम दर्ता गरेका छन्। जसमध्ये साउदी अरेबिया बाट ५९७,बहराइन बाट ३८० र युएई बाट समेत रहेको छ ।
दर्ता गर्नेहरू मध्य ८३ प्रतिशत संख्या पुरुषको छ भने सबैभन्दा बढी भारत बाट २५ हजार रहेको छ।
विश्वकप आयोजना गर्न पूर्वाधार निर्माणको जिम्मा लिएको एससीले सो समारोहको तयारीको लागि सेप्टेम्बर पहिलो हप्ता बाट स्वयंसेवक दर्ताको आवहान गरेको थियो। समितिले विश्वकप आयोजनामा १४ देखि १६ हजार स्वयंसेवक को खाँचो पर्ने अनुमान गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो