बिज्ञापन

एमाले सरकारमा गएपछि देशलाई लयमा ल्याउने काम भइरहेको छः विष्णु रिमाल

काठमाडौं, चैत २४-

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले अघिल्लो सरकारको कारणले देश विदेशीको चलखेल गर्ने मैदान हुने अवस्थामा पुगेको बताएका छन् । मजदुर विशेष जिल्ला कमिटीको आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अघिल्लो सरकारको कारणले देश विदेशीको चलखेल गर्ने मैदान हुन अवस्थामा पुगेको बताएका हुन् ।

उनले भने,’अघिल्लो सरकार किन लडाको र यो सरकारले के गर्ला भन्ने सन्दर्भमा एउटै मात्र कुरा के हो भने अघिल्लो सरकार राष्ट्रलाई बोझ भएको थियो । किनभने त्यसले केही पनि काम गर्दैन थियो । एउटा मोटो शरीर छ । खान्छ र बस्छ। गोठमा बाँधेको गाई भैँसीजस्तै खाने र गोबर गर्ने बाहेक केही काम गर्दैन। अघिल्लो सरकारको हालत त्यस्तो थियो। त्यति मात्रै गरेको भएपनि सायद बोझ बोकिन्थ्यो होला। जनमतको हिसाबले सीट संख्या कम भएको हुँदा, तर त्यसले बिगार्न थाल्यो, मुलुकको सार्वभौम सत्तामा धावा बोलाउन थाल्यो, विदेशीको चलखेल गर्ने मैदान हुन थाल्यो। त्यसैले यो सरकार रहनु भनेको बर्बाद हुनु भन्ने निष्कर्षमा पुग्यौं।’

एमाले सरकारमा गएपछि देशलाई लयमा ल्याउने काम भइरहेको बताए ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button