बिज्ञापन

नेपाल चौथौ

कतार फुटबल एशोसियसन द्वारा आयोजना भएको पाँचौ एसियन आप्रवासी फुटबल प्रतियोगिता अन्तर्गतको तेस्रो स्थान उपाधिको खेलमा नेपालले भारत सँग पनि हार बेहोरेको छ। हिजो शुक्रबार अल अह्रली फुटबल क्लबको मैदानमा भएको खेलको पेनाल्टी सुटआउटमा नेपाल ४-२ गोल अन्तरले पराजित भएको हो। हार संगै नेपाल यस वर्ष चौथौ स्थानमै चित्त बुझाउन बाध्य रह्यो।

निकै प्रतिस्पर्धात्मक खेलको अतिरक्त समयको अन्तिम मिनेटमा २-२ को बराबरी बनाउन सफल नेपाली टिमले पेनाल्टी सुटआउटमा भने निराश हुन परेको थियो । नेपालले यस वर्ष प्रतियोगिताको उत्कृष्ट टिमको उपाधी भने पाउन सफल भयो।

नेपालले क्वाटरफाइनल खेलमा इंडोनेशियालाई ३-१ ले हराएको थियो भने लिग चरणको खेलहरुमा जापानलाई १०-०,मलोसिया लाई २-१ ,फिलिपिन्स लाई २-० ले र सिङ्गापुर लाई ६-० ले हराएको थियो त्यस्तै श्रीलंका संग गोल रहित बराबरी खेलेको थियो।

नेपालले यसअघि भएको सेमिफाइनलमा जोर्डन संग ६-० को नमिठो हार बेहोर्दा यस वर्ष उपाधि चुम्ने सपना गुमाएको थियो।

त्यस्तै लेबनान बिरुद्ध जोर्डान बिचको फाईनल खेलमा जोर्डानले १-० ले जित हात पार्दै यस वर्षको एसियन कम्युनिटी प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ।


पाँचौ एसियन आप्रवासी फुटबल प्रतियोगिता 

च्याम्पियन – जोर्डन
दोस्रो – लेबानोन
तेस्रो – ईन्डिया
चौथो – नेपाल
सर्वश्रेष्ठ खेलाडी – लेबानोन
सर्वश्रेष्ठ गोलकिपर – लेबानोन
सर्वश्रेष्ठ गोल – जोर्डन
सर्वश्रेष्ठ समुदाय प्रशंसक संलग्नता – नेपाल
सर्वश्रेष्ठ टिम व्यवस्थापन – इण्डोनेसिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button