हय्या कार्ड भएका दर्शकलाई युएईले मल्टिपल ईन्ट्री भिसा दिने

हय्या कार्ड भएका दर्शकलाई युएईले एकाधिक प्रवेश (मल्टिपल ईन्ट्री ) भिसा दिने भएको छ । यसअघि साउदी अरेबियाले पनि उक्त कार्ड भएका दर्शकलाई भिसा दिने बताईसकेको छ ।
विश्वकप खेल हेर्न आउने दर्शकलाई भिसा जारी भएको मिति देखि ९० दिनसम्म बस्न दिईने युएईले घोषणा गरेको छ । त्यसपछि भिसा थप ९० दिनका लागि लम्ब्याउन सकिनेछ । भिसा जारी गर्न एक सय दिर्हाम शुल्क लाग्नेछ ।
विश्वकपको खेल हेर्न टिकट खरिद गरिसकेका दर्शकले मात्र हय्या कार्ड बनाउन पाउनेछ । कार्ड हय्या एप वा hayya.qatar2022.qa मार्फत बनाउन सकिन्छ । कार्ड नभएका अन्य यात्रुले भिसा जारी गर्न पुरानै प्रक्रिया अपनाउनु पर्नेछ ।
भिसाको लागि नोभेम्बर १ देखि www.icp.gov.ae मार्फत आवेदन दिन सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
5
मनपर्यो
16
खुसी लाग्यो
4
दुःख लाग्यो
3
रुन मन लाग्यो
2
हाँसो लाग्यो
62
रीस उठ्यो