कतारले होटेल क्वारेन्टाइन बस्नुपर्ने नियम हटायाे

कतारले होटेल क्वारेन्टाइनको नियम हटाएको छ ।

सेप्टेम्बर ४, २०२२ को बेलुका ६ बजे देखि लागू हुनेगरी क्वारेन्टाइनको नियम हटाइने यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

कतार फर्कने यात्रुले यहाँ आएको २४ घन्टा भित्र नजिकैको पिएचसिसि सेन्टर वा मन्त्रालयले स्वीकृत गरेको निजि क्लिनिकमा गएर अनिवार्य रुपमा र्यापिड एन्टिजेन परिक्षण गर्नुपर्नेछ । परिक्षण नगरेसम्म एह्तेराज एपमा खैरो रङ्गको कोड बस्ने मन्त्रालयले बताएको छ ।

कतार आइसकेपछि र्यापिड एन्टिजेन परिक्षण गर्दा कोरोना देखिए क्वारेन्टाइन वा आइसोलेसन बस्नुपर्नेछ ।

त्यस्तै खोप लगाएको म्याद सकिएको यात्रुको हकमा कतार फर्कदा ४८ घन्टा भित्रको अनिवार्य पिसिआर परिक्षण गर्नुपर्नेछ ।

क-कसले पिसिआर परिक्षण गर्नुपर्ने ?

१. कतारमा दोस्रो डाेजसम्म खोप लगाएको ९ महिना कटेको भए परिक्षण गर्नुपर्ने ।

२. कतार सरकारले शर्त अनुसार मान्यता दिएको अर्थात नेपालमा दोस्रो डाेजसम्म खोप लगाएको ६ महिना कटेको भए परिक्षण गर्नुपर्ने ।

३. कतारमा तेस्रो डाेजसम्म खोप लगाएको एक वर्ष कटेको भए परिक्षण गर्नुपर्ने ।

४. कतार वा नेपालमा कोरोना निको भएको १२ महिना कटेको भए परिक्षण गर्नुपर्ने । १२ महिना ननाघेको र निको भएको सर्टिफिकेट पेश गरे पिसिआर परिक्षण गर्न नपर्ने ।

५. नेपालमा वा कतारमा जोनसोनको पहिलो खोप लगाएको ९ महिना कटेको भए परिक्षण गर्नुपर्ने । जोनसोनकै बुस्टर डाेज खोप लगाएको १२ महिना कटेको भए परिक्षण गर्नुपर्ने ।

६. भिजिट भिसामा आउने यात्रुले ४८ घन्टा भित्रको पिसिआर परिक्षण गर्नुपर्ने ।

कतारमा परिक्षणको शुल्क :

१. पिसिआर परिक्षण १६० रियाल ।

२. र्यापिड एन्टिजेन परिक्षण ५० रियाल ।

३. सेरोलोजी एन्टिबडि परिक्षण ५० रियाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
54
मनपर्‍यो
खुसी लाग्यो
37
खुसी लाग्यो
दुःख लाग्यो
14
दुःख लाग्यो
रुन मन लाग्यो
2
रुन मन लाग्यो
हाँसो लाग्यो
15
हाँसो लाग्यो
रीस उठ्यो
10
रीस उठ्यो
Back to top button