‘आमा’ को चिट्ठी
“आमा” को चिट्ठी: – सागर नेपाल
मेरो प्यारो छोरी/छोरा
आमाको आशीर्वाद!
वर्षौ देखि तिमिहरु म बाट टाढा छौ, पुर्णिामाको जुन जस्तै २/२ बर्षमा झुलुक्क झुल्किन्छौ अनि फेरि मेरो आखामा औंसी अन्धकारले वास गर्छ। तिमीहरु त भेटन – देख्न पाएको छु तर माइला लाई नभेटेको ७ बर्ष भो, मोबाइलमा देख्दा राम्रै होला जस्तो लाग्छ , खै त्यस्को कस्तो छ कुन्नी, बुहारी पनि जानेरे उतै भनेको सुन्छु , लगे हुने छिट्टै ताकी तिनको लोग्ने स्वास्नी सङ बसेको हेर्न पाउँदा पनि मेरो मन शान्त हुने थियो । यहाँ छिमेकीहरु भने मलाइ तेरो माइला छोरा औरिकामा, कान्छो र छोरी कतारमा त बुडिमाउलाइ के को पिर भन्छन तर आफ्नो मन भने……. म यहाँ ठिकै छु, मेरो चिन्ता नगर्नु, ठुलेले राम्रो हेरचाह गरेको छ, बरु कहिलेकाही ठुल दाजुलाइ फुन गर्दै गर्नु, गाउले सबैले त्यसलाइ तेरो सबै भाइ बैनी बाहिर छन त चाहिँ किन यतै हल्ली हिडेको भनेर टोकिरहन्छन, भाउजु पनि कराउछ क्यारे , आजकाल अलि अलि रौसी खन्छ कि जस्तो मानेको छु, मैले त पनि जान त अरब तिर भनेको मान्दैन, तिमिलाइ छोडेर जान्नौ जान्न – कतै जान्न, म त मेरो छोरा छोरिलाइ पनि बिदेश नजा भन्छु पो भन्छ। यसो दाइ सङ कुरा गर्दै गर्नु ।
कान्छा/कान्छी , यताको चिन्ता नलिनु कान्छी बुहारी र नाति पनि अस्तो सहर बाट आएको थियो, तिजमा माइती जान आएको रे, यहाँ पसेर गएको थियो, नाति केटो निकै बोल्ने भएछ, राम्रै छ सबै। के गर्नु जीवन थान्न कर्म गर्नुको विकल्प छैन नानी/बाबू तर यो आमाको मन कहाँ मान्छ र, आफ्नो सन्तान आफ्नै नजरको वरिपरि भैरहे हुने भन्ने लाग्दो रहेछ। हरक दिन तिमिहरुको नाउमा प्रार्थना गरेर बसेको छु, सम्झन्छु रुन्छु अनि फेरि रमाउले कोसिस गर्छु किनकी मेरो सन्तानले आ-आफ्नो कर्म गरेर खाएका छन र खुवाएका छन भन्ने तिर मन लैजान्छु, अहिले त गाउँमा तिज लागेर सबै छोरी चेली आएका छन रमाइलो भछ, सबैले तेरो कान्छी कहिले आउने हो? अब त बिबाह गर्नु पर्दैन? उमेर पुगिसकेको छ, कि बिदेश तिरै बिबाह गरिन भनेर सोध्छन् । अब आउदा कालि बिबाह गर्नु पर्छ है….
मैले चिट्ठी लेख्दा अचम्म नमान्नु, सबै कुरा फुनमा भन्न नसकेर यो चिट्ठी लेखेको हु, फुनमा त कुरा भै रहन्छ नि, अस्ति त्यो ठुलेको मोबाईलमा कतारको फिलम आएको रहेछ, कस्तो सुन्दर देश रहेछ, सबै तिमिहरु जस्तै नेपालीले बनाउन सहयोग गरेर २० बर्षमा त्यो देश त्यस्तो राम्रो भको रे, ठुलेले भनेको २ महिना पछि त्यहा सबैभन्दा ठुलो भकुण्डो खेल हुदैछ रे, घर हरु पनि सबै हाम्रो धरहरा भन्दा अग्लो अग्लो रहेछ। कस्तो कस्तो घर, सबै देखाएको थियो, अनि त्यो समुद्रको नजिकैको बगैंचा कति राम्रो रहेछ, कालिले त्यो केजाती टिकेटिके फिलम त्यही खिचेको होला, सारै राम्रो रहेछ। मैले ठुले लाई जा त पनि यस्तो राम्रो देश रहेछ भनेको त्यो त रिसायो पो, मैले कराए भो भो अब कतै जा भन्दिन भने अनि पो तेले अर्को फिलम पनि देखायो, त्यहा त शुक्रबार हाम्रो नेपालीहरुको भिड रहेछ, समुन्द्र मा डुङ्गामा नाजगान गरेर रमाउदै गेरेको देखे निकै खुसी लाग्यो तर यकै छिनमा त्यहा झगडा गरे जस्तो देखे, हानाहान पो गरे, नेपाली-नेपाली बिचमै त्यस्तो देखे, मेरो छोरी जस्तै केटिहरुलाई लछारपछार गरेको देखे, सारै मन डरायो। किन त्यस्तो गरेको , यो फिलम कस्तो हो भनेर ठुलेलाइ सोधेको अनि उस्ले भन्यो हाम्रै नेपाली दाजुभाइ दिदिबहिनीहरु शुक्रबार छुट्टीको दिन त्यहा जाने र के के पिएर यसरी केटिको निउमा सदै झगडा गर्ने गर्छन रे भनेर। म त छक्क परे काली, केटिहरु सबै तेरै उमेरको जस्ता देखिन्थ्यो , मन आत्तियो कतै मेरो छोरा-छोरी पनि त्यस्तो झैझगडामा त परेको छैन भन्ने लागेर यो चिट्ठी लेखेको हु।
कान्छ, तिमी मेरो बाच्ने सहारा मात्रै हैन अब तिमी पनि बाउ बनिसकेको छौ, तिम्रो आफ्नै परिवार भैसकेको छ, तिमी अर्काको देशमा कर्म गर्न गएका हौ, कहि कतै झुक्किएर पनि तिमिले गल्ती गरेउ भने सोच तिम्रो श्रीमती र भेटदै नभेटेको तिम्रो छोराको भविस्य के होला ?? म त डाडा माथिको घाम भैसके तर तिमिहरुको जीवन लामो छ। तिमिले गर्ने गल्ती केबल आदर्श नेपालको गल्ती हो भन्दैन, यौटा नेपालीले गल्ती गरेछ भन्छ्न र जहाँ तिम्रो परिवार भन्दा पहिला तिम्रो देशको नाम बदान हुनेछ, त्यसैले बाबू जुन देशमा छौ त्यो देश तिम्रो कर्मभुमी हो, त्यो देशको नियम-कानुन, धर्म-सस्कार, सभ्यता र त्यहाको सामाजिक आचरणको पुर्ण सम्मान गर्नु। तिमिहरु भाग्यमानी छौ कि आज तिमिहरुको काधमा जन्मभुमी र कर्मभुमिको जिम्मेवारी निर्बाह गर्ने अवसर पाएक छौ। त्यो देशको सम्मान गर्न सकेनौ भने तिमी मात्रै हैन हाम्रो देशकै अपमान गरे जस्तो हुनेछ। कामले थाकेको बेला, छुट्टीको एक दिन साथिभाइ सङ रमाउनु राम्रो कुरा हो, रमाउनु पनि पर्छ र रमाइलो गर तर तिम्रो रमाइलोमा वा तिमिले गर्ने रमाइलोमा त्यो देशको र नेपाल आमाको अपमान नहोस है बाबू। लिलम हेरेर सारै दुखी भएको हुनाले यो पत्र लेख्दैछु। कसरी त्यस्तो नियम कानुन भको देशमा पनि हाम्रा केटाकेटी झैझगडा गरेका होलान? पोहोर साल पारी दोभानको लाउरेको छोरालाइ आफ्नै नेपालीलाई मारेको कारण त्यहाको कानुन अनुसार उस्लाइ पनि मारी दियो रे भनेर पुरै गाउँ रुवाबासी गरेको सम्झे बाबू, तेरो सारै चिन्ता लागेको छ, त पनि झणङ्गे छस, आफ्नो रिस लाई धाम है कान्छा । रिस उठेको बेला त तेरो छोराको फुटो हेर, तलाइ बाबा-बाबा भनेर बोलाएको याद गर है। तिमिहरुले जति मैले के जानेको छु र तर पनि आमाको मन न हो आत्तिएको छ। भो अब आउदा त नफर्कने गरेर आइजो, पैसाले घनी नहुने रहेछ बाबू, मरेर लानु के नै छ र, यतै पनि तेरो परिवारको साथमा बसेर केही गर्न सक्छस। १५ बर्ष भो अब विदेश मात्रै कति बस्छस बाबू, वैनी र त अब यतै बसाओ। माइला अब फर्कदैन होला, यक पटक भेटन पाए हुने लागेको छ, बुहारी पनि गा पछि त के आउलान र खै।
नानी-काली, तिमी पनि आफ्नो ख्याल राख है। त्यो शुक्रबार साथिहरुको लैलैमा लागेर त्यसरी डुङ्गा तिर नजानु, सानो डुङ्गामा पानीको बिचमा पनि झगडा गरेको देखे, मेरो त मुटुकलेजो नै मुखमा आयो नानी, तिमीलाई टिकटिकेमा देख्दा राम्रो लाग्छ तर भो त्यो समुन्द्र तिर गएर फिलम नबनाउ नानी, यसो घुम्न जानू तर त्यो भिडभाडमा नजानु है नानी , तिमी त मेरो आखाको रोसनी हौ, तिमिलाइ बिदेश नजाउ भन्दाभन्दै पनि गयौ, दाइ पनि त्यही भको ले लौ जाउ त भने तर यो मन सधै तिम्रो यदमा तडपि रहेको छ नानी, तिमी हाम्रो परिवारको यौटै छोरी हौ, अब मलाई तिम्रो मात्र अलि बढी चिन्ता लाग्छ किनकी दाइ हरुको त बिबाह भैसकेको छ र सबै राम्रै छ अब तिम्रो राम्रो घरजम होस भन्ने कामना गर्दै बसेको छु। तिमिले त्यहा सानो गल्ती गरेउ भने पनि म यहाँ पागल हुन्छु होला काली, आफ्नो कुल धर्म, सामाजिक मर्यादा र रास्ट्र धर्म, नागरिक जिम्मेवारी नबिर्सबु है नानी, म तिमिलाइ नरमाउ-साथिसङ्गी सङ नघुम भन्दिन तर त्यो देशको नियमकानुन लाई नभुल्नु, त्यहाको सामाजिक रहनसहन लाई अपमान नगर्नु यति सम्म कि आफुले लगाउने लुगामा पनि अलि होस गर किनकी तिम्रो मन कस्तो छ भन्ने कसैले बुझदैन तर तिमिले लगाएको लुगा बाट तिमिलाइ अन्दाज गर्छन। त्यो देशको धर्ममा त झन लगाउने लुगाको ठुलो महत्त्व हुन्छ रे। म किबमेलको लागि तल यास्मिन छोरिको मा जादा सद्गै उनी आफ्नो गम्साले टाउको बाधेरै बसेको देख्छु , उनै छोरिले भनेको मुस्लिम धर्ममा लगाउने लुगा कस्तो हुन्छ भनेर। त्यसैले काली त्यहाको महिलाहरू अगाडि नेपालमा जस्तै गरेर नहिड है, उनिहरुले आफुहरुलाइ अपमान गरेको सम्झन सक्छन, त्यसो गर्नु हुँदैन।
बाँकी के भनौ , म जस्तै सवैको आमाले आफ्नो सन्ताको बारेमा चिन्ता गर्छन नै, सबैको लागि आ-आफ्नो छोरी-छोरा प्यारो हुन्छ नै त्यसैले कुनै पनि नेपाली बाबू नानी हरुले आफ्नो आमाको आखामा आँसु आउने काम नगर्नु भन्छु। तिमिहरुको साथिसन्ङी लाई पनि मेरो यो चिट्ठी देखाइ दिनु र सम्झाउनु कि हाम्रो आमा जसरिनै तिमिहरुको आमा पनि तिमिहरुलाइ कुरि बसेकी छिन भनेर।
चिट्ठी लामो भो, अझै लेख्न र भन्न धेरै थियो तर आजलाइ बन्द गर्छु , तिमी दाजु/बैनी कात्तिको भेट भैरह्न्छौ कुन्नि , भेटदै गर्नु र अब आउदा दुबै जना सकेसम्म नफिर्ने गरेर आउनु। आ-आफ्नो सरिरको ख्याल राख, मीठो हैन स्वस्थ खाने कुराहरू खानु। पैसा बचाउने नाउमा आफ्नो सरिरलाइ धेरै दुख नदिनु, काम नै पुजा हो भन्छन त्यसैले आ-आफ्नो काम मन लगाएर गर्नु। अब फुन गर्दा औरिकामा माइलालाई पनि समय मिलाएर सबै यकै पटक देख्न मिल्ने गरि गरओ है।
लौ लेख्न छाडेको कति भो कति , लेख्न बिगारेको रहेछु भने पनि सपारेर बुझनु है…..!
” नेपाल आमा “