७७,५७५ जनाले हेरे लुसेल सुपर कप

लुसेल रंगशालामा हिजो राति भएको सुपर कपको फाइनल खेल ७७,५७५ जनाले हेरेका छन् ।

साउदी अरेबिया र एजिप्टको राष्ट्रिय विजेता बिच हुने सुपर कपको चौथो संस्करण पहिलो पटक दोहामा आयोजना भएको हो ।


साउदीको अल हिलाल र इजिप्टको जमालेक कल्ब बिच हिजो भएको खेलको निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो । त्यसपछि भएको पेनाल्टी सुटआउटमा गोलकिप्पर अब्दुलाह अल मुऐउफले उत्कृष्ट ३ बचाउ गर्दै हिलाले खेल ४-१ ले जित्न सफल भयो ।

हिजोको खेल संगै कतारको खेलकुद इतिहासमा यतिधेरै दर्शक उपस्थित भएको यो पहिलो रेकर्ड हो । यसअघि फिफा अरब कपमा कतार र युएईबिच भएको खेलमा ६३,४३९ जनाले खेल हेरेका थिए ।


कतारको सबैभन्दा ठुलो लुसेल रंगशालाको दर्शक क्षमता ८० हजार हो । यसमा विश्वकप २०२२ को दश खेल संगै फाइनल खेल आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
120
मनपर्‍यो
खुसी लाग्यो
30
खुसी लाग्यो
दुःख लाग्यो
15
दुःख लाग्यो
रुन मन लाग्यो
2
रुन मन लाग्यो
हाँसो लाग्यो
6
हाँसो लाग्यो
रीस उठ्यो
8
रीस उठ्यो
Back to top button