कतारमा जुर्मुराउँदै दाह्री ग्याङ

नेपालमा सर्वाधिक चर्चा बटुल्न सफल दाह्री ग्याङ यतिखेर विदेशमा समेत विस्तार हुँदै गइरहेको छ।”गालामा दाह्री काधमा जिम्मेवारी” भन्ने मूल मन्त्रका साथ रोजगारीको सिलसिलामा कतारमा रहेका नेपाली दारी युवाप्रेमीहरु बाट स्थापित दाह्री ग्याङ कतार आफ्नो सामाजिक दायित्व सँगै विगत केही महिना देखि सक्रिय रुपमा अगाडि बढ्दै आइरहेको छ।

सामान्यतया दाह्री कि जोगीले पाल्छ कि बैरागीले पाल्छ भन्ने पुरानो विचार धारालाई चिर्दै दाह्री पाल्ने व्यक्ति पनि समाज र देशप्रति उत्तिकै जिम्मेवार हुने यी युवाहरुको धारणा छ।

कतारमा गत जुन महिना बाट सुरु गरिएको यस समूहमा अहिले एक सय भन्दा बढीको हाराहारीमा सदस्यहरू रहेको दाह्री ग्याङ कतारका प्रतिनिधि रुपेश देव नाथले हामीलाई जानकारी दिएका छन्।

“यो समुहको मूल उद्देश्य नै समाजमा फैलिएका विकृति र विसंगति लाई अन्त्य गर्दै असक्त अनाथ प्रति सहयोग गर्नु हो”, भन्छन्।

आफ्नो उद्देश्य सहित कार्य विस्तार गर्ने क्रममा दुई महिना अगाडि  स्टील ट्रेडिङ कम्पनीमा कार्यरत १६ अलपत्र नेपाली कामदारलाई यो समूहले १५ दिन सम्म खाने व्यवस्था सँगै प्रक्रिया मिलाएर सकुसल स्वदेश फर्काएको थियो।त्यस्तै काभ्रे घर भई अलपत्र परेका दिपक गिरीको पनि समूहले सकुसल उद्धार गरेको थियो।

सामाजिक कार्य मात्र नभई मनोरञ्जनको क्षेत्रमा यस समूहले चर्चित कार्यक्रम नेपाल आइडल को फाइनल र हालसालै भएको बाँके सेवा समाज कतारको कार्यक्रममा स्वयंसेवकको भुमिका समेत निभाई सकेको छ।

 

कतार सँगै नेपालको सामाजिक कार्यमा पनि यस समूह उत्तिकै सक्रिय रहँदै आएको छ।पछिल्लो समयमा भएको बाढी प्रभावित क्षेत्रमा दाह्री ग्याङ कतारले राहत पुर्याउन सहयोग गरेको थियो।त्यस्तै मोरङ घर भएका पूर्ण रुपमा असक्त विष्णु रसाइलीको घर निर्माणका लागि पनि रकम सहयोग संकलन गरेको थियो।

अन्त्यमा सामाजिक सेवाको नाम दिएर कतारमा खुलेका च्याउ जस्ता संघ संस्थाहरु लाई दाह्री ग्याङ एक उदाहरण नै बन्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button