बिज्ञापन

नेपालमा आजदेखि शुरु भयो एमडीएमएस, दर्ता नभएका मोबाइल नचल्ने

भोली शुक्रवार देखी बिदेश बाट लगिएका मोबाइल फोनहरु नेपालमा चल्नेछैनन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) शुरु गरेको छ ।
मोबाइल सेटको गैरकानूनी आयात, विक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गरी नेपाल भित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न एमडीएमएस प्रणाली लागू गरिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

आजको मिति सम्म विदेशबाट व्यक्तिगत तवरले ल्याईएका मोबाइल सेट लगायत आजको मितिसम्म चालु रहेका सबै मोबाइल सेटहरू भने स्वत: एमडीएमएस प्रणालीमा दर्ता हूनेछन् ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै आजदेखि मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणाली MDMS.nta.gov.np मार्फत दर्ता भए नभएको एकिन गरी मात्र खरिद गर्न आग्रह गरेको छ ।

साथै, मोबाइल आयातकर्तार विक्रेताहरुले मोबाइल आयात गर्नु अघि अनिवार्य रुपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइलमात्र विक्री वितिरण समेत भनेको छ।

एमडीएमएसको ‍औपचारिक सार्वजनिक भने आज दिउँसो सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गर्नेछन् ।

बिदेश बाट लगिएका मोबाइल फोनको भन्सार ‘कर’ तिरेमा एमडीएमएसमा दर्ता गर्न भने सकिने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
23
मनपर्‍यो
खुसी लाग्यो
10
खुसी लाग्यो
दुःख लाग्यो
312
दुःख लाग्यो
रुन मन लाग्यो
61
रुन मन लाग्यो
हाँसो लाग्यो
26
हाँसो लाग्यो
रीस उठ्यो
369
रीस उठ्यो
बिज्ञापन
Back to top button