अफगानिस्तानविरुद्ध नेपाल २-० ले विजयी

काठमाडौं, मंसिर १-
नेपालले ताजिकिस्तानको दुशान्बेमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई २-० ले पराजित गर्दै शानदार जित दर्ता गरेको छ।

नेपालका लागि जिलेस्पी जंग कार्की र रोहित चन्दले गोल गरेका थिए। खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। दोस्रो हाफको ४६ औं मिनेटमा जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए।

रोहित चन्दले ७८ ‌औं मिनेटमा टोलीका लागि अग्रता दोब्बर बनाए। त्यसपछि, नेपालले रक्षात्मक रणनीति अपनाउँदै अफगानिस्तानको आक्रमणलाई प्रभावकारी रुपमा रोक्न सफल रह्यो।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button