क्युएनको नयाँ लोगो सार्वजनिक

कतारमा रहेका नेपाली समुदायलाई लक्षित गरेर झन्डै ७ वर्षयता निरन्तर रुपमा सत्य तथ्य सूचना तथा खबर प्रशारण गर्दै आएको अनलाइन पत्रिका ‘क्युएन खबर’ र क्युएन रेडियोले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । नेपालको राष्ट्रिय संविधान दिवसको अवसर पारेर नयाँ लोगो सार्वजनिक गरिएको हो । लोगोमा कतार र नेपालबीचको बलियो मित्रवत र कुटनीतिक सम्बन्ध झल्काईएको छ ।
दुई हातले एकअर्काको देशको झण्डालाई समाएर दुई देशको विकासमा दुबै पक्षले खेलेको महत्त्वपूर्ण भूमिका लोगोमा चित्रण गरिएको छ । त्यसका अलवा लोगोमा नेपाललाई चिनाउने झन्डाका साथै सर्वोच्च शिखर सगरमाथा र कतारलाई चिनाउने मरभूमिको बालुवा अङ्कित गरिएको छ ।
आशा छ, क्युएन खबरले समयसँगै आफूलाई फेर्न गरेका यी प्रयत्न यहाँहरूलाई मन पर्नेछन् ।