कतारले नोभेम्बर १ देखि डिसेम्बर २३ सम्म भिजिट भिसा बन्द गर्ने

कतारले नोभेम्बर १ देखि डिसेम्बर २३ सम्म भिजिट भिसा बन्द गर्ने भएको छ ।
आन्तरिक मन्त्रालयले आज एक पत्रकार सम्मेलन गर्दै हवाई, स्थल र सामुद्रिक सिमानाबाट हुने भिजिट भिसा बन्द गर्ने जनाएको हो । यो अवधिमा हय्या कार्ड हुने पर्यटकले मात्र कतार प्रवेश गर्न पाउनेछन् ।
नोभेम्बर १ देखि डिसेम्बर २३ सम्म कतार आउन पाउने यात्रु :
– हय्या कार्ड भएका यात्रु ।
– कतारी नागरिक र कतारी आईडी भएका यात्रु ।
– वर्क परमिट भिसा भएका नयाँ कामदार ।
– कतार सरकारको आधिकारिक स्वीकृतिमा आउने यात्रु।