तनहुँ समाज कतारद्धारा क्यान्सर पीडित रेग्मी लाई सहयोग प्रदान

तनहुँ सेवा समाज कतार द्धारा बन्दिपुर गाउपालिका वडा नम्बर ५ थुम्का तनहुँ निवासी पुर्ण प्रसाद रेग्मीलाई प्याडक्रियाज (पेटको क्यान्सर) भई राजिब गान्धी अन्तर्रास्ट्रिय क्यान्सर अस्पताल दिल्लीमा उपचार भैरहेको हुँदा उनको स्वास्थ्य उपचारमा सहयोग स्वरुप एक लाख एघार हजार आठ सय बत्तिस रुपैया हस्तान्तरण गरेको छ । पिडितको घरमा गएर श्रीमती अप्सरा रेग्मी लाई हस्तान्तरण गरेको समाजका बरिष्ठ उपाध्यक्ष नारायण प्रसाद ढुङ्गनाले बताए । विगतमा समेत समाज ले गृहजिल्ला भित्र विभिन्न क्षेत्रमा सहयोग गर्दै आई रहेको छ ।