नवलपरासीमा देउसी भैलो समूह चढेको गाडी दुर्घटना, १० जना घाइते

काठमाडौं,कात्तिक १७-
नवलपरासीमा देउसी भैलो खेल्न जाँदै गर्दा भएको गाडी दुर्घटनामा १० जना घाइते भएका छन्। सुस्ता गाउँपालिका–३ विगेपस्थित भित्री सडकखण्डमा गुडरियाबाट नर्सहीतर्फ जाँदै गरेको लु ३ च ६०३२ नम्बरको पिकअप गाडी बाटोमा हिँडिरहेको बाख्रालाई जोगाउने क्रममा अनियन्त्रित भई बाटाछेउमा पल्टेको प्रहरीले जनाएको छ।
सो घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटी घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल, चौपत्ता पठाएको छ। गाडी चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।
१० जिल्ला नवलपरासी सुस्ता गापा-२, गुदारिया बस्ने वर्ष १६ की सृस्ति मुखियाको बायाँ हात र खुट्टामा चोट, अवस्था मध्यम।
२० सुस्ता गापा-२, गुदारिया बस्ने वर्ष अन्दाजी वर्ष १९ की मन्जु महत्तोको शरीरको विभिन्न भागमा चोट, अवस्था मध्यम।
३० सोही स्थान बस्ने वर्ष २१ को रेखा महतो दुवै खुट्टामा चोट, अवस्था मध्यम
४० वर्ष २१ को बैजनाथ गुप्ता हातमा चोट, अवस्था मध्यम।
५० जितराम मुखियाकी छोरी वर्ष १४ की लक्ष्मी मुखिया, अवस्था सामान्य।
६० वसन्त मुखियाको छोरी वर्ष १६ की वर्षा मुखियाको दुवै हात खुट्टामा चोट सामान्य।
७० डिल्ली मुखियाकी छोरी वर्ष १८ की कविता मुखिया, अवस्था सामान्य।
८० राजुकुमार मुखियाकी छोरी वर्ष १५ की तिलकुमारी मुखिया, अवस्था सामान्य।
९० वर्ष २३ को विवेक चौधरीको हात र ढाडमा चोट सामान्य।
१०० सीता मुखियाको छोरा वर्ष १३ की इशान्त मुखिया, दाहिने हातमा चोट, अवस्था सामान्य।
गाडीमा २५ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।