नाकाबन्दी व्यर्थको समस्या : अमिर

क्युएनए
अमिर शेख तमिम विन हमाद अल थानीले कतार माथि लगाइएको अनुचित नाकाबन्दी व्यर्थ रहेको र विभिन्न समस्याका बावजूद कतार अझ बलियो बन्न सफल भएको बताउनुभएको छ।५४ औं मुनिख सुरक्षा सम्मेलनमा भाग लिन हिजो जर्मन पुग्नुभएको अमिरले कार्यक्रमको उद्घाटन समारोहमा छिमेकी राष्ट्रहरूको नाकाबन्दीलाई व्यर्थको समस्या भन्दै व्याख्या गर्नुभएको हो।
समग्रमा यस्तो रह्यो अमिरको भनाई
कुनै समय विश्व मञ्चमा स्थिरताको कारक भनेर चिनिने खाडी क्षेत्रका छिमेकी मुलुकहरु अब भनाईमा मात्र सीमित हुन पुगेका छन्। उनीहरूको जोखिमपूर्ण नीतिले खाडी सुरक्षा र यसको आर्थिक स्थितिमा नराम्रो असर परेको छ ।उत्पन्न खाडी समस्या बावजूद कतार विश्वकै एक शान्ति राष्ट्र बन्न सफल रहेकोमा कुनै शंका छैन।
गत वर्षको जुन ५ बाट जल ,स्थल तथा हवाई मार्गमा पूर्णरुपमा नाकाबन्दी गरेर हामी माथि समस्या उत्पन्न गराएता पनि कतारले आफूभित्र एकतृत भई नयाँ व्यापार मार्ग सुरक्षित गर्दै,आर्थिक विविधता बढाउँदै अझ बलियो बन्न सफल भइसकेको छ।
हामीले विश्वभर व्यापारलाई निरन्तरता दिएका छौ।नाकाबन्दीको पहिलो दिन देखि हामीले ग्यास निर्यातमा एउटै जहाज पनि कमी हुन दिएका छैनौं।विश्व बजारमा ग्यास निर्यात गर्ने हामी दोस्रो ठूलो राष्ट्र भएको नाताले हाम्रो निर्यातले विश्व बजारमा ऊर्जा उपलब्ध गराउन सुनिश्चित भएका छौ।नाकाबन्दीको क्रममा हाम्रो मानिसहरूलाई लगाइएको गैरकानुनी तथा आक्रामक व्यवहार वास्ता नगरी हामीले हाम्रो स्वतन्त्रता समेत बचाएका छौ।
यो असफल नाकाबन्दीले एउटा सानो राष्ट्रले पनि आफ्नो नीति तथा कुशल आर्थिक योजना प्रयोग गरी ठूला छिमेकी राष्ट्रहरूको आक्रमक नीति सहजै विफल बनाउन सक्दछ भन्ने प्रमाणित गरेको छ।मध्यपूर्वको सम्पूर्ण राष्ट्रलाई मध्यपूर्वको सुरक्षाको लागि विशेष सम्झौताको निमन्त्रणा स्वीकार गर्न आग्रह गर्दछौं।युरोपेली राष्ट्रहरूको ब्रेक्जिट र जस्तै शान्तिपूर्ण तरिकाले समस्या सुल्झाउन हामीलाई उदाहरण हुन सक्छ।यसको जस्तै कुनै कुटनीतिक सम्बन्ध नतोडी,बिना हिंसा सम्पूर्ण समस्या सुल्झाउन अरब राष्ट्रहरूले पाठ सिक्न जरुरी छ।
मध्यपूर्व यतिखेर किनारमा छ,अब यसलाई पुरानै स्थितिमा फर्काउन समय आएको छ।हामी सबै मिलेर विषेशगरी जो शक्ति र धनमा बढी रमाउँछन् उनीहरुमा नै यो समस्या समाधान गर्न बढी दायित्व रहन्छ।मध्यपूर्व एकताको लक्ष्यका लागि हामीलाई ठूला विदेशी समुदायको सहयोग आवश्यक छ।